Friday, October 16, 2026
16.1 C
Kathmandu
spot_img
Homeविपद्धार्चे गाउँपालिका–२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थाले

धार्चे गाउँपालिका–२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थाले

spot_img

गोरखा, बिहीबार, २९ असोज २०८३ । बूढीगण्डकी बाढीका कारण अबरुद्ध रहेको बाटो आंशिक रुपमा खुलेपछि धार्चे गाउँपालिका–२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अबरुद्ध रहेको सो बाटो बिहीबारदेखि आंशिक रुपमा संचालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेशी, माछाखोला, खोर्लावेशी तथा दोभानको झोलुङ्गे पुल र बेलि ब्रिज बगाएपछि त्यहाँका बासिन्दा आवतजावत गर्नबाट बञ्चित भएका थिए । गाउँपालिकाको आह्वनमा करिब ५० जना स्थानीय युवाहरुले लगातार तीनदिन काम गरेपछि बाटो आंशिक रुपमा खुल्ला भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

‘मंगलबार, बुधबार र बिहीबार केरौँजा, केरौँजावेशी र रुन्चेत गाउँका ४०, ५० जना मिलेर बाढीले ल्याएको लेदो फ्याक्ने, ठाउँ ठाउँमा मुढा ते¥याउने, भ¥याङ हाल्ने गरेर अलि अलि हिँड्न मिल्ने बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘बाटो खुलेपछि रोकिएर रहेका सयजना जति भ¥याङ र डोरीको सहायताले गाउँमा पुगेका छन् । अरुपनि आउने क्रममा छन् ।’ बिहीबार पनि बाटो मर्मत गर्ने काम जारी रहेको उहाँको भनाई छ ।

केरौँजावेशीका ज्याला मज्दुरी गरेर खाने स्थानीयहरुलाई बाटो अबरुद्ध हुँदा खाद्यन्न अभाव हुने अवस्था सिर्जना भएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ बताउँनुहुन्छ । गुरुङका अनुसार स्थानीयले मर्मत गरेको बाटोमा मान्छे जसोतसो हिँड्न मिल्ने भएपनि भारी उतार्न र खच्चड हिँडाउन भने सम्भाव छैन् । ‘केरौँजा, केरौँजावेशी, लामावेशी र रुन्चेतका करिब ६०० घरधुरीमा खाद्यन्न ढुवानी गर्ने एउटै माध्यम खच्चड हो । अझैँ केहीदिन ढुवानी नगर्ने हो भने त्यहाँ खाद्यन्न अभाव हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘खाद्यन्न कहाँबाट लाने ? कसरी लाने ? दिनभरी मजदुरी गरेर साँझविहान छाक टार्नेहरुले अब कसरी हात मुख जोड्ने ?’

पालिकाको वडा नं २ केरौँजातर्फ जाने बाटो आंशीक रुपमा खुलेपनि वडा नं १ र ३ तथा चुमनुब्री गाउँपालिकातर्फ जाने बाटो भने अझैँ खुलाउन नसकेको उहाँले जानकारी दिनुभयो । जसले गर्दा चाडबाडको मुखमा मान्छे हिँडडुल गर्न पाएका छैनन् ।
बाढीबाट प्रभावित धार्चे गाउँपालिकाको विभिन्न बस्तीहरुमा मात्रै तत्कालका लागि अभाव टार्न बाह्रसय बोटा चामल आवश्यक पर्ने पालिका अध्यक्ष लक्ष्मण गुरुङको भनाई छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img