Monday, October 19, 2026
15.1 C
Kathmandu
spot_img
Homeविपद्गोरखाका तीन र धादिङको एक गाउँपालिकाका दुई वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने...

गोरखाका तीन र धादिङको एक गाउँपालिकाका दुई वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय

spot_img

गोरखा, आइतबार, १ कात्तिक २०८३ । सरकारले बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित ३ पालिका संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गोरखाका तीन गाउँपालिका र धादिङको एक गाउँपालिकाका दुई वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार गोरखाको चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ विपद् संकटग्रस्त क्षेत्र घोषित भएका छन्। बैठकले बाढीपहिरोबाट प्रभावित बागलुङका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई पनि तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारले यही असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अतिप्रभावित बागलुङका उक्त दुई स्थानीय तहलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

बैठकले क्षतिग्रस्त निजी आवास भएका प्रभावित परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ। होल्डिङ सेन्टरमा नबसी निजी रूपमा अस्थायी बसोबास व्यवस्थापन गर्न चाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा छ महिनाका लागि यस्तो सहायता प्रदान गरिनेछ ।

निर्णयअनुसार चार जनासम्म सदस्य भएका परिवारले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछन्। चार जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रत्येक थप सदस्यका लागि प्रतिमहिना थप दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

सरकारको निर्णयअनुसार प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म तोकिएको अवधिका लागि राहत उपलब्ध गराइनेछ । सहायता वितरणको कार्यान्वयन प्रक्रिया र सुरु हुने मितिबारे थप विवरण उपलब्ध छैन ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img