Sunday, March 15, 2026
19.1 C
Kathmandu
spot_img
Homeस्वास्थ्यललितपुरको पिउने पानीमा फिकल कोलिफर्म फेला

ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म फेला

spot_img

ललितपुर, शुक्रबार, २३ साउन २०८२ । ललितपुर जिल्लामा परीक्षण गरिएको पानीको नमुना फिकल कोलिफर्म रहेको भेटिएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीका नमुनामा फिकल कोलिफर्म देखिएको ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो ।

परीक्षणका लागि सङ्कलन गरिएका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको डा. पौडेलले बताउनु भयो । परीक्षणका लागि गोदावरी नगरपालिका, माहाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याएको जारको पानीको नमुना परीक्षण गरिएको थियो ।

नमुना परीक्षणको क्रममा भेटिएको फिकल कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हो । यसरी दूषित पानी पिउँदा झाडापखाला र हैजा टाइफाइड लगायतका सरुवा रोग फैलन सक्ने भएकाले सचेत हुन प्रमुख डा. पौडेलको सुझाव छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img