Sunday, October 11, 2026
15.1 C
Kathmandu
spot_img
Homeअर्थ व्यवसायनेपाल टेलिकमको दशैँ तिहार अफर : डाटा, भ्वाइस र एफटीटीएचमा भारी छुट

नेपाल टेलिकमको दशैँ तिहार अफर : डाटा, भ्वाइस र एफटीटीएचमा भारी छुट

spot_img

काठमाडाैँ, शनिबार, २४ आश्विन २०८३ । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ तिहार अफर २०८३ उपलब्ध गराउने भएको छ ।

सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन् ।

यस अफर अन्तर्गत असोज २५ देखि कात्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिने छ। त्यसैगरी १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरूलाई एक महिना थप सहित १३ महिनाको प्याकेज उपलब्ध हुनेछ। यसमा बोनान्जाका रूपमा उपलब्ध हुने मोबाइल डाटा समेत १३ महिना सम्म नै उपलब्ध हुनेछ । महत्त्वपूर्ण सेट-टप बक्स सहितको प्याकेज लिने ग्राहकहरूका लागि रु. १००० छुट पहिले देखि नै उपलब्ध छ ।

अफर अन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकहरूका लागि रु. ४९९ मा ५ जीबी फेस्टिभल अनलिमिटेड र रु. ६९९ मा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ। फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधिभर २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको १० जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नु हुनेछ ।

यसका साथै रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस सुविधा सहितको जोयफुल मिनेटर र रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत उपलब्ध हुनेछ। यी सबै प्याकेज प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

आगामी २०८३ असोज ३० देखि कात्तिक ३० सम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकहरूले यो अफर अन्तर्गतको सुविधा लिन सक्नु हुनेछ। आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेजहरू खरिद गर्न सकिनेछ ।

विभिन्न पर्वहरूका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरूले चाडपर्वको समयमा अझ बढी सम्पर्कमा रहन, आफन्तसँग खुसी बाँड्न र डिजिटल सेवाहरूको प्रयोग बढाउन प्रोत्साहित गर्ने कम्पनीको विश्वास रहेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img