गोरखा, मंगलबार, २७ असोज २०८३ । गत आइतबार बुढीगण्डकीमा आएको बाढीपछि धार्चेका बासिन्दा मारमा परेका छन् ।
बुढीगण्डकी नदीमा आएको बाढीबाट क्षति व्यहोरेका धार्चे गाउँपालिका ५ माछीखोलाका चार घरपरिवारलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेको छ ।
बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट प्रत्येक परिवारलाई एक/एक थान ब्ल्याङ्केट र एक/एक सेट लगाउने कपडा राहतस्वरूप उपलब्ध गराइएको हो ।
प्राकृतिक विपदबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई राहतको अनुभूति गराउने उद्देश्यले गाउँपालिकाले उक्त सहयोग गरेको हो ।
धार्चे गाउँपालिकाले बाढी प्रभावित नागरिकको साथमा रहेको र आवश्यकताअनुसार राहत तथा सहयोगका कार्यलाई निरन्तरता दिने पालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनु भयो ।









