गोरखा, गोरखा, मंगलबार, २७ असोज २०८३ । गोरखाको धार्चे गाउँपालिका–१, दोभानका बाढी प्रभावित नागरिकलाई कम्बल वितरण गरेको छ ।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ हेलिकप्टरमार्फत दोभान पुगेर प्रभावित क्षेत्रको अवलोकन गर्नु भयो । अध्यक्ष गुरुङले दोभान क्षेत्रको अवस्था बुझ्नुका साथै यारु बगरसम्मको सडक मार्गको हवाई निरीक्षण गरेका छन् ।
धार्चे गाउँपालिकाले बाढी प्रभावित नागरिकको साथमा रहेको र आवश्यकताअनुसार राहत तथा सहयोगका कार्यलाई निरन्तरता दिने पालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनु भयो ।









