Sunday, February 9, 2025
14.1 C
Kathmandu
Homeविपद्कोन्ज्योसोमको राहत कोषमा टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग

कोन्ज्योसोमको राहत कोषमा टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग

ललितपुर, सोमबार, १२ कात्तिक २०८१ । कोन्ज्योसोम गाउँपालिकाकाले बाढी पहिरोबाट प्रभावितहरुको राहत उद्धार तथा पुर्नस्थापनाको लागि टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग गरेको छ ।

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आठ लाख ५८ हजार रकम नगद सहयोग प्राप्त भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कोज्योसोम गाउँपालिकामा गत असोज ११ र १२ गते परेको अबिरल वर्षाले बाढीपहिरो आइ ठूलो धनजनको क्षति भएको जानकारी दिँदै पीडितको राहत र उद्धारका लागि टिकटक समूहले उक्त रकम कोषमा प्रदान गरेको बताउनु भयो ।

सहयोग गर्नुहुने सम्पूर्णलाई कोन्ज्योसोम गाउँपालिकाले सहयोग गर्दै आएको छ । अहिले बाढीपीडितका लागि गाउँपालिकाले क्रमिक रुपमा पुनस्थापना गर्ने कार्य अगाडि बढाइरहेको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको