Tuesday, September 15, 2026
20.1 C
Kathmandu
spot_img
Homeविपद्गोरखा बाढी पीडितलाई हेलिकप्टरबाट राहत पठाइयो

गोरखा बाढी पीडितलाई हेलिकप्टरबाट राहत पठाइयो

spot_img

गोरखा, सोमबार, २२ भाद्र २०८३ । गृहमन्त्री सुधन गुरूङको निर्वाचन क्षेत्र रहेको गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सीमा भई बग्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीले घर बगाएका स्थानीय बासिन्दालाई सरकारले राहत पठाएको छ ।

राहत सामग्री आज हेलिकप्टरमार्फत् चुननुब्री ४ नाम्रुङमा पुर्‍याइएको हो । ओर्केन छोटेन लामा, लाक्पा भुटी लामा, नुर्बु वाङग्याल लामा, छिरिङ वाङ्दी लामाको घर बाढीले बगाएको थियो ।

उनीहरूलाई चुमनुब्री गाउँपालिकाले तत्काल राहतका लागि चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला, चिनीलगायत सामग्री आइतबार नै वितरण गरिसकेको थियो ।

आज संघीय सरकारले थप राहत पठाएको हो । त्रिपाल, कम्बल, टेन्ट, म्याट्रेसलगायत सामग्री सरकारले पठाएको हो । यहाँका बाढी पीडितलाई अस्थायी रूपमा होटलमा बास बस्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

लेदोसहित आइतबार बिहान साढे ३ बजे आएको बाढीले ४ घर, २ पुल र १ जलविद्युत आयोजनामा क्षति पुर्‍याएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img