Tuesday, September 15, 2026
20.1 C
Kathmandu
spot_img
Homeसमाजभोटेकोशी बाढीको क्षति अवलोकन गर्न नुवाकोट पुगे राष्ट्रपति

भोटेकोशी बाढीको क्षति अवलोकन गर्न नुवाकोट पुगे राष्ट्रपति

spot_img

नुवाकोट, सोमबार, २२ भाद्र २०८३ । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले बाढी प्रभावित तथा पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासो र समस्या सुनेका छन् ।

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीले नुवाकोटमा पुर्‍याएको क्षति र त्यसपछिको अवस्थाबारे जिल्ला सुरक्षा समितिबाट जानकारी लिए । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले बाढीबाट भएको धनजनको क्षतिबारे राष्ट्रपतिसमक्ष विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितहरूको खोज, उद्धार, राहत, पुनःस्थापना र तत्काल गर्नुपर्ने पुनर्निर्माणका कामहरूबारे राष्ट्रपतिलाई अवगत गराएका थिए । अवलोकनकै क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित होल्डिङ सेन्टरमा पुगेर बसोबास गरिरहेका नागरिकहरूसँग भलाकुहारी गरे ।

होल्डिङ सेन्टरमा रहेका पीडितहरूले अकल्पनीय बाढीका कारण पुगेको क्षतिबारे जानकारी गराउँदै खोज, उद्धार र पुनःस्थापनामा सरकार तथा सरोकारवाला निकायले थप तदारुकता देखाउनुपर्ने माग गरे । पौडेलले सोमबार नै नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको क्याम्प र रसुवाका बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गरेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img