ललितपुर, समाजसेवी म्यागी शाहद्वारा बाडेगाउँ प्रहरी प्रभाग पुनर्निर्माणका लागि रु.२५ लाख आर्थिक सहयोग गर्नु भएको छ । समाजसेवी म्यागी शाहले आफ्ना कान्छा छोरा राजबहादुर शाहाको ५०औँ जन्मदिनको अवसरमा बाडेगाउँ प्रहरी प्रभाग पुनर्निर्माणका लागि रु. २५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

गोदावरी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष तथा बाडेगाउँ प्रहरी प्रभाग पुनर्निर्माण उपभोक्ता मूल कमिटी संयोजक निरोज बज्राचार्यको विशेष पहलमा म्यागी शाहको निवासमा आयोजित एक समारोहकाबिच उक्त सहयोग रकमको चेक वडा अध्यक्ष बज्राचार्यले ग्रहण गर्नुभएको हो ।
सो चेक हस्तान्तरण कार्यक्रममा निर्माण कमिटीका अध्यक्ष राजेन्द्र महर्जन, आर्थिक कमिटीका संयोजक राजन महर्जन, निर्माण कमिटीका सचिव नवीन महर्जन, आर्थिक कमिटीका सदस्य श्यामशरण महर्जन, बाडेगाउँ प्रहरी प्रभाग प्रमुख यशोदा घले, झि बर्यामी पुचका अध्यक्ष सञ्जय महर्जन तथा सञ्चारकर्मी अनिता महर्जनको उपस्थिति रहेको थियो ।
समाजसेवी म्यागी शाह र छोरा राज बहाद शाहले प्रहरी प्रभाग पुन:र्निर्माण अभियानमा सहयोग पुर्याउँदै आगामी दिनमा रु. २५ लाख बराबरको एम्बुलेन्स तथा रु. १० लाख बराबरको डस्टबिन उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।









