Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeसंस्कृतिगोरखाको बारपाक सुलिकोट ६ ताकुकोटमा मङ्सिर ५ र ६ गते न्वागी मेला

गोरखाको बारपाक सुलिकोट ६ ताकुकोटमा मङ्सिर ५ र ६ गते न्वागी मेला

गोरखा, मंगलबार, ४ मङ्सिर २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा न्वागी मेला हुने भएको छ । वडा नम्बर ६ स्थित ताकुकोटमा रहेको माइ भगवाती मन्दिरमा यहि मंसिर ५ गते बेलुका र ६ गते वा भोली र पर्सी मेला लाग्ने न्वागी मेला आयोजक मुल समितिले जनाएको छ । मेलाको अघिल्लो दिन आज मंगलबार निराहार ब्रत बसी रातभर मन्दिरमा पूजा गर्ने तथा बत्ति बाल्ने गरिन्छ भने,भोलि पल्ट बिहान साइत हेरेर न्वागी खाने प्रचलन रहेको छ ।

प्रत्येक वर्ष कात्तिक महिनाको १५ गते भन्दा पछि उपयुक्त दिन हेरी माइ भगवती मन्दिरका पुरोहितले कात्तिके पुजा गर्ने चलन रहेकोे मुल आयोजक समितिले जनाएको छ । पुजाको दिनमा मुट्ठी लिने तथा न्वागी खाने दिन जुराउने गरिन्छ । मुट्ठी लिने भन्नाले किसानले खेतमा फलाएको धानको एक गाँज पुजा गरी उक्त धानको गाँज काटी घरमा ल्याउने चलन हो । यसरी विभिन्न रुपमा मुट्ठी लिएपछि मात्रै खेतको धान काट्ने गरिन्छ ।

यसरी काटिएको नयाँ धान कुटेर सो धानको चामलमा दहि, केरा, तिल, नरिवल आदि मिसाइ दहि चामल खाने गरिन्छ । यसरी खाइने दहि चामललाई ‘न्वागी खाने’ भन्ने चलन छ । मेलामा बारपाक सुलिकोट गाउँपालिकाका छिमेकी जिल्ला तनहुँ, चितवन र छिमेकी वडाहरुबाट हजारौ भक्तजनहरु आउने अपेक्षा गरीएको छ ।

मेलामा विभिन्न समुदायको पहिचान झल्कने झाँकीका साथमा जातिय पहिचान बोकेको मारुनी, सोरठी, चुड्का, भजन, झ्याउरे लगायतका नाचहरु देखाउने छ ।

यस बर्षको पर्वमा माई भगवाती पूजा समिति तथा स्थानियहरुको सहकार्यमा कलाकारहरू ईन्द्रणी कार्यक्रमको चर्चित लोक दोहोरी गायिका टिका सानु, लोक गायक सागर गुरुङ, लोक दोहोरी गायक सुमन परियार, हककास्य कलाकार पल्पसा डंगोल लगायतको राष्ट्रिय र स्थानीय कलाकारहरुको भव्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img