Friday, March 28, 2025
29.1 C
Kathmandu
Homeस्वास्थ्यगोरखाको बारपाक सुलिकोटमा पाठेघरको निःशुल्क परीक्षण शिविर हुने

गोरखाको बारपाक सुलिकोटमा पाठेघरको निःशुल्क परीक्षण शिविर हुने

गोरखा, सोमबार, २७ माघ २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा महिलाहरुको पाठेघरको निःशुल्क परीक्षण तथा उपचार सम्बन्धी शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन तथा नेपाल क्यान्सर रिलिभ सोसाईटी काभ्रे शाखाको सहयोगमा शिविर हुन लागेको हो ।

शिविर फागुन १९ गतेदेखि सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविर पाँच दिनसम्म चल्ने छ । पालिकाभित्रका सबै वडाबासी महिलाहरुलाई समेट्न विभिन्न पाँच स्वास्थ्य चौकीमा शिविर हुन लागेको हो । शिविरको पहिलो दिन १९ गते बारपाक स्वास्थ्य चौकी, दोस्रो दिन फागुन २० गते सौरपानी स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको परीक्षण गरिने छ ।

तेस्रो दिन स्वाँरा स्वास्थ्य चौकी, चौथो दिन ताकुमाझलाकुरीबोट स्वास्थ्य चौकी र अन्तिम दिन फागुन २३ गते पाँचखुवा देउराली स्वास्थ्य चौकीमा शिविर हुने बताएको छ । ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका सम्पूर्ण महिलाहरुले शिविरबाट सेवा लिन सक्ने छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको