Tuesday, July 15, 2025
21.1 C
Kathmandu
Homeस्वास्थ्यसाउन १ गतेदेखि स्वास्थ्य बिमा बाट उपचार गर्दा रिफर लिन नपर्ने

साउन १ गतेदेखि स्वास्थ्य बिमा बाट उपचार गर्दा रिफर लिन नपर्ने

काठमाडौँ, मंगलबार, १७ असार २०८२। आगामी साउन १ गतेदेखि स्वास्थ्य बिमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो ।

स्वास्थ्य बिमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको थियो ।

बोर्डका अनुसार, प्रथम सेवा विन्दुको रूपमा नराख्ने निर्णय भएकाले २०८२ साउन १ गतेबाट रिफरको सिस्टम हटाइएको छ ।

बोर्डले सबै स्वास्थ्य संस्थालाई गरेको परिपत्रमा भनिएको छ, “उपरोक्त सम्बन्धमा स्वास्थ्य बिमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (५) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ साउन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रूपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ ।”

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको