काठमाडौँ, मंगलबार, २८ साउन २०८२ । गोरखा समाज बहराइनद्वारा बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
केशर अधिकारीको उपचारका लागि परोपकारी कोषबाट नेपाली नगद पचास हजार रुपैयाँ, 137 बि डि, समाजमा आबद्ध दाजुभाईदिदिबहिनीहरुबाट संकलित नेपाली रुपैयाँ ९० हजार, बि डि 233•500 गरी जम्मा नेपाली रकम एक लाख चालिस हजार उपचार खर्च संस्थाका संरक्षक तथा संस्थापक अध्यक्ष अन्जान बाबु श्रेष्ठ र अध्यक्ष भुवन भट्टराइले संयुक्त रुपमा बिरामी समक्ष हस्तान्तरण गर्नुभयो ।









