Wednesday, December 10, 2025
11.1 C
Kathmandu
spot_img
Homeस्वास्थ्यगोरखा एनपिआई हस्पिटलको समुद्घाटन, गण्डकी प्रदेशलाई ‘मेडिकल टुरिजम’ बनाउने लक्ष्य

गोरखा एनपिआई हस्पिटलको समुद्घाटन, गण्डकी प्रदेशलाई ‘मेडिकल टुरिजम’ बनाउने लक्ष्य

spot_img

गोरखा, आइतबार, १ भाद्र २०८२ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउने लक्ष्य रहेको बताएका छन् ।

गोरखा सदरमुकामस्थित गोरखा एनपिआई हस्पिटलको आज उद्घाटन गर्दै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षमा कूल बजेटको १० प्रतिशत रकम विनियोजन गरेको जानकारी दिए ।

गण्डकीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना औँंल्याउँदै मुख्यमन्त्री पाण्डेले सोही उद्देश्यका साथ योजनाबद्ध काम भइरहेको उल्लेख गरे । ‘आफू मुख्यमन्त्री हुँदा प्रदेशभरिका अस्पतालमा १६५ शय्या मात्र रहेकामा अहिले ६५० शय्यामा विस्तार भएका छन्’, उनले भने । स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र निजी क्षेत्रमा लगानीको वातावरण तयार पारेर रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सकिने उनले धारणा राखे ।

‘नयाँ अवसर सिर्जना नगरी युवालाई विदेश पठाउनबाट रोक्न सकिँदैन्’, मुख्यमन्त्री पाण्डेले भने, ‘स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना हाम्रो अर्को लक्ष्य हो, विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अब प्रदेशमा आकर्षक रोजगारीको अवसर सिर्जना गर्नेतर्फ हामी जुटेका छौँ । अस्पताल र स्वास्थ्य संस्था विस्तारसँगै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने नीति सरकारले लिएको उनले बताए ।

‘जनताको स्वास्थ्य सेवा सर्वोपरी हो, त्यसमा कुनै कमी हुनुहुँदैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्न सक्छ, त्यसका लागि स्वास्थ्य पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने जरुरी छ ।’ उनले निजी क्षेत्रलाई लगानीका लागि प्रदेश सरकारका कुनै नीति तथा कानुन बाधक भए आवश्यक छलफल गरेर संशोधन गर्न सकिने जानकारी दिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img