Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeअर्थ व्यवसायगोरखामा ‘सहुलियत छुट मूल्य पसल–२०८२’ सञ्चालन

गोरखामा ‘सहुलियत छुट मूल्य पसल–२०८२’ सञ्चालन

spot_img

गोरखा,सोमबार, २ आश्विन २०८२ । गोरखा सदरमुकाममा सोमबारदेखि ‘सहुलियत छुट मूल्य पसल–२०८२’ सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले यसवर्ष भदौ ३० गतेदेखि सहुलियत मूल्यको खाद्यान्न पसल सञ्चालन गरेको हो ।
कम्पनीले हरेक वर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालन गर्दै आइरहेको छ ।

सोही अनुसार भदौ ३० गतेदेखि मंसिर १० गतेसम्म सहुलियत मूल्यमा पसल संचालन हुने कार्यालय प्रमुख रन्जना केसीले बताइन् । शाखाबाट खाद्यान्न खरिद गर्दा प्रतिकिलो रु पाँच रुपैँया छुट हुने उनले जानकारी दिइन् । उनका अनुसार अरुवा सोना मन्सुली चामल प्रतिकिलो ६५ बाट घटेर ६० मा र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९० बाट घटेर ८५ रुपैयाँ पर्नेछ ।

यस्तै, कम्पनीको डिपो कार्यालय सिर्दिबासमा अरुवा सोना मन्सुली चामल प्रतिकिलो ६५ बाट घटेर ६० मा र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९२ बाट घटेर ८७ रुपैयाँ पर्नेछ । सुपथ मूल्य पसलमा सोना मन्सुली चामल ३० केजीको बोरामा उपलब्ध रहेको छ भने स्टिम जिरा मसिनो चामल २५ किलोको बोरामा उपलब्ध रहेको कार्यालय प्रमुख केसीले बताएकी छिन् ।

उनका अनुसार सोना मंसुली चामल प्रतिबोरा पन्ध्र सय रुपैँया र स्टिम जिरा मसिनो चामल प्रतिबोरा दुईहजार १२५ रुपैयाँ पर्नेछ । शाखा कार्यालय गोरखा र डिपो कार्यालय सिर्दिबासका लागी स्वीकृत कोटा ५०० क्विन्टल रहेको छ । कम्पनीले प्रतिव्यक्ति एक बोराको दरले खाद्यान्न उपलब्ध गराउने छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img