गोरखा, शनिबार, २२ कात्तिक २०८२ । गोरखा सदरमुकाममा बिहिबारदेखि ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्धन मेला–२०८०’ सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको मेलाको गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले उद्घाटन गरेका हुन् ।
विभिन्न साँस्कृतिक झाँकी ¥यालीसहित मेला उद्घाटन भएको थियो । हरमटारी खेलमैदानमा सुरु भएको मेलामा करिव १३० वटा स्टल रहेको आयोजकले जनाएको छ । जिल्लामा उत्पादित स्थानीय कृषिजन्य उपज, साना तथा मझौला उद्यम र साँस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलामार्फत जिल्लाको कृषक, उद्योगी, व्यवसायी, पर्यटक र उपभोक्ता बीच प्रत्यक्ष सहकार्य र सम्बन्ध बिस्तार हुने चेम्बर अफ कमर्सका अध्यक्ष रामस्वरुप श्रेष्ठले बताए ।
मेलालाई व्यवस्थापन गर्न विभिन्न १५ वटा उपसमितिहरु गठन गरिएको छ । मेलाबाट जिल्लामा उत्पादित विभिन्न कृषिजन्य उत्पादनहरुको प्रबद्र्धन, बजार विस्तार हुनुका साथै जिल्लाको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने आयोजकको भनाइ छ । ३० हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा करिव चार करोडको आर्थिक कारोबार हुने बताइएको छ । बिहीबारदेखि सुरु भएको मेला कात्तिक ३० गतेसम्म चल्ने छ भने मेला हरेक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुनेछ ।
मेला स्थल प्रवेशका लागि आयोजकले एकसय रुपैयाँ टिकट शुल्क तोकेको छ । अपाङ्गता भएका, विद्यार्थी र जेष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट दिइने बताइएको छ ।









