Saturday, July 25, 2026
20.9 C
Kathmandu
spot_img
Homeअर्थ व्यवसायट्राफिक नियम उल्लङ्घनमा सांसद बब्लु गुप्तालाई रु ५०० जरिबाना

ट्राफिक नियम उल्लङ्घनमा सांसद बब्लु गुप्तालाई रु ५०० जरिबाना

spot_img

काठमाडौँ, शुक्रवार, ८ साउन २०८३ । सामाजिक सञ्जालमा गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले रु ५०० जरिबाना गरेको छ । साथै, उहाँले सार्वजनिक रूपमा आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना पनि गर्नुभएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानका अनुसार सिराहा–१ बाट निर्वाचित सांसद गुप्ता आफैं कार्यालयमा उपस्थित भएर ट्राफिक नियम उल्लङ्घनबापतको रु ५०० जरिबाना बुझाउनुभएको हो ।

सामाजिक सञ्जालमार्फत जारी सन्देशमा सांसद गुप्ताले बाल्यकालका सम्झनासँग जोडिएको भिडियो खिच्ने क्रममा मोटरसाइकल प्रयोग गरिएको र त्यसक्रममा आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको महसुस गरेको उल्लेख गर्नुभएको छ ।

“मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउनु मेरो तर्फबाट भएको ट्राफिक नियम उल्लङ्घन हो भन्ने कुरा मैले महसुस गरेको छु,” उहाँले लेख्नुभएको छ ।

उहाँले आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने बताउनुभएको छ। साथै, आफूबाट जानी वा नजानी भएको गल्तीप्रति क्षमायाचना पनि गर्नुभएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img