गोरखा, सोमबार, ४ साउन २०८३ । गृहमन्त्री सुधन गुरुङसमक्ष गोरखा अस्पताललाई १०० शैयामा स्तरोन्नति गरी आबश्यक जनशक्ति ब्यबस्थापन गर्न तथा नबजात शिशु सघन उपचार कक्ष र मेडिकल सघन उपचार कक्ष सञ्चालनका लागि आबश्यक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराइ दिन प्रदेश अस्पताल गोरखाले माग गरेको छ ।
गृहमन्त्री गुरुङसँग प्रदेश अस्पताल गोरखामा भएको भेटघाटको क्रममा जिल्लाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले अस्पतालको क्षमता बिस्तार आबश्यक रहेको बिषयमा गृहमन्त्री गुरुङलाई ध्यानाकर्षण गराइएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताउनुभयो ।
अहिले प्रदेश अस्पताल गोरखामा बिरामीको चाप बढ्दै गएकाले हालको संरचना र जनशक्तिले सेवा प्रबाहमा चुनौती सिर्जना भएको छ । ब्यवस्थापन समितिका अध्यक्ष ढकालले भन्नुभयो, ‘गोरखा अस्पतालमा अत्यधिक मात्रामा बिरामीको चाप बढ्दै गएपछि १०० शैयामा स्तरोन्नति अपरिहार्य रहेकाले गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष ढकालको भनाइ छ ।’
गृहमन्त्री गुरुङसँग अस्पताल प्रशासन र ब्यवस्थापन समितिले नबजात शिशु तथा जटिल अवस्थाका बिरामीलाई जिल्लामै उपचार सेवा उपलब्ध गराउन एनआइसियु र मेडिकल आइसियु सञ्चालनको लागि आबश्यक उपकरण, बिज्ञ चिकित्सक, नर्स तथा प्राबिधिक जनशक्तिको व्यवस्था गरिदिन पनि आग्रह गरिएको छ । यसबाट उपचारका लागि अन्य जिल्ला वा काठमाडौं धाउनुपर्ने बाध्यता घट्ने बिश्वास ब्यक्त गरिएको छ ।
त्यसैगरी अस्पतालमा निर्बाध स्वास्थ्य सेवा सञ्चालनका लागि नेपाल बिद्युत प्राधिकरणसँग समन्वय गरी अस्पताललाई डेडिकेटेड बिद्युत लाइन उपलब्ध गराउन पहल गरिदिन अनुरोध गरिएको प्रदेश अस्पताल गोरखाका प्रमुख सुपरीटेन्डेन्ट शम्भु अधिकारीले बताउनुभयो ।
प्रदेश अस्पताल गोरखामा बिद्युत आपूर्तिमा हुने अबरोधका कारण आकस्मिक सेवा, शल्यक्रिया तथा सघन उपचार सेवा प्रभाबित हुने भएकाले यस बिषयलाई प्राथामिकतामा साथ सम्बोधन गर्नुपर्नेमा गृहमन्त्रीको ध्यान आकर्षण गरिएको छ ।
गृहमन्त्री गुरुङले जिल्लाको स्वास्थ्य सेवा सुदृढीकरणसँग सम्बन्धित यी मागलाई सकारात्मक रुपमा लिएर सम्बन्धित मन्त्रालय तथा निकायसँग आबश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको प्रदेश अस्पताल गोरखाले जनाएकोे छ ।
गृहमन्त्री गुरुङ बिगत ३ दिनदेखि गोरखामा बिभिन्न सरकारी कार्यालय उद्योगी व्यवसायी, तथा अन्य सरोकारवालासँग जिल्लाको बिकास, सेवा प्रवाह, स्वास्थ्य पूर्बाधार र समसामयिक बिषयमा निरन्तर छलफल गरी उठेका सुझाब तथा मागलाई सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै गृहमन्त्री गुरुङले आइतबार बेलुका काठमाडौ फर्किनुभएको रास्वपाका नेता धुब्र अधिकारीले बताउनुभयो ।









