Sunday, October 4, 2026
27.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखा नगरपालिकाले बिभिन्न पाँचवटा महिला समुहलाई पञ्चेबाजा वितरण

गोरखा नगरपालिकाले बिभिन्न पाँचवटा महिला समुहलाई पञ्चेबाजा वितरण

spot_img

गोरखा, आइतबार, १८ असोज २०८३ । कुनै समय विवाह, जात्रा, पर्व र विशेष सांस्कृतिक अवसरमा पुरुषहरूको हातमा मात्रै देखिने पञ्चेबाजा अब गोरखाका महिला समूहका हातमा पनि पुग्न थालेको छ । पञ्चेबाजाको तालसँगै महिलाको नेतृत्व, आत्मनिर्भरता र सांस्कृतिक संरक्षणमा जोड्न गोरखा नगरपालिकाले बिभिन्न पाँचवटा महिला समुहलाई पञ्चेबाजा वितरण गरेको हो ।

गोरखा नगरपालिकाले उपप्रमुख नेतृत्व विकास कार्यक्रमअन्तर्गत पाँच वटा महिला समूहलाई पञ्चेबाजा वितरण गरेको हो। यसले महिला समूहहरूको क्षमता विकाससँगै स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । विवाह, व्रतबन्ध, जात्रा, धार्मिक तथा सामाजिक समारोहमा बजाइने पञ्चेबाजाले पुस्तौँदेखि समुदायका मौलिक परम्परा र संस्कृतिलाई जीवन्त राख्दै आएको छ ।

नगरपालिकाको यो पहलले महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा नयाँ अवसरसमेत प्रदान गर्नेछ । पञ्चेबाजा बजाउने सीपलाई व्यावसायिक रूपमा उपयोग गर्न सके महिला समूहले विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमबाट आयआर्जनको बाटोसमेत बनाउन सक्नेछन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img