Sunday, October 4, 2026
27.1 C
Kathmandu
spot_img
Homeराजनीतिनेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु

spot_img

काठमाडौँ, आइतबार, १८ असोज २०८३ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आइतबारदेखि सुरु हुँदै छ । दिउँसो २:०० बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट गरी सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।

शनिबार खुलामञ्चमा कांग्रेसले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय प्रवक्ता देवराज चालिसेले महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभयो । उहाँले देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधि सहभागी हुन उत्साहका साथ काठमाडौँ आउने क्रम जारी रहेको बताउनुभयो । उहाँले पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता भइरहेको जानकारी दिनुभयो । प्रवक्ता चालिसेका अनुसार उद्घाटन सत्रपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुने छ ।

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेस गर्ने कार्यक्रम राखिएको छ । प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाइ तीन फरक हलमा छलफल गर्ने तयारी छ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत भएका प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

महाधिवेशन अन्तर्गत निर्वाचन समितिले असोज १९ गते अपराह्न २:०० देखि साँझ ६:०० बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । निर्वाचनका कार्यक्रम आवश्यकता अनुसार परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ । प्रवक्ता चालिसेले महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार पाँच सय रुपियाँ बुझाउनुपर्ने छ । आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ । सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

इतिहासमा कांग्रेस महाधिवेशन

पार्टी स्थापना, २००३ साल कात्तिक १५ गते, (बनारस, भारत, संयोजक : विश्वेश्वरप्रसाद कोइराला (नेपाली राष्ट्रिय कांग्रेस), अध्यक्ष : सुब्बा देवीप्रसाद सापकोटा ) 
पहिलो महाविधेशन : २००३ साल माघ १२–१३ गते भवानीपुर, कोलकाता, भारत, सभापति, टङ्कप्रसाद आचार्य (जेल), कार्यवाहक सभापति : विश्वेश्वरप्रसाद कोइराला
दोस्रो महाविधेशन : २००४ माघ २०–२२ गते बनारस, भारत, सभापति विश्वेश्वरप्रसाद कोइराला
तेस्रो महाधिवेशन : २००५ फागुन १८ गते, 
दरभङ्गा, विहार, भारत, सभापति, मातृकाप्रसाद कोइराला
चौथो महाधिवेशन :  २००६ साल चैत २७ गते कोलकाता, भारत, सभापति, मातृकाप्रसाद कोइराला
पाँचौँ महाधिवेशन : २००९ जेठ १०–१२ गते जनकपुर, सभापति, विश्वेश्वरप्रसाद कोइराला,
छैटौँ महाधिवेशन, २०१२ माघ, वीरगन्ज, सभापति, सुवर्णशमशेर जबरा
विशेष महाधिवेशन, २०१४ जेठ, विराटनगर, सभापति, विश्वेश्वरप्रसाद कोइराला
सातौँ महाधिवेशन, २०१७ वैशाख २५–३१ गते काठमाडौँ, सभापति, विश्वेश्वरप्रसाद कोइराला (२०३४ सम्म विश्वेश्वरप्रसाद कोइराला सभापति, त्यसै साल कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक दिइयो । भट्टराईले २०४८ फागुनसम्म चलाए ।) 

	आठौँ महाधिवेशन, २०४८ फागुन १–३ गते झापा, सभापति कृष्णप्रसाद भट्टराई
	नवौँ महाधिवेशन, २०५३ वैशाख २६–२८ गते काठमाडौँ, सभापति, गिरिजाप्रसाद कोइराला
	दसौँ महाधिवेशन, २०५७ माघ ९ गते, पोखरा, सभापति, गिरिजाप्रसाद कोइराला
	एघारौँ महाधिवेशन, २०६२ भदौ १४–१७ गते काठमाडौँ, सभापति, गिरिजाप्रसाद कोइराला
	बाह्रौँ महाधिवेशन २०६७ असोज १–५ गते, काठमाडौँ, सभापति सुशील कोइराला 
	तेह्रौँ महाधिवेशन, २०७२ फागुन २०–२३  काठमाडौँ, सभापति शेरबहादुर देउवा
	चौधौँ महाधिवेशन, २०७८ साल मङ्सिर २४–२७ गते काठमाडौँ, सभापति शेरबहादुर देउवा
	विशेष महाधिवेशन, २०८२ पुस २७ गते, काठमाडौँ, सभापति गगनकुमार थापा
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img