काठमाडौँ, आइतबार, २५ असोज २०८३ । बूढीगण्डकी नदीमा आकस्मिक बाढीले पुर्याएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट समेत नेपाली सेनाको टोली परिचालित भएको छ । सेनाको हवाई र पैदल टोली प्रभावित क्षेत्रमा परिचालित भएको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले काठमाडौंबाट हेलिकप्टरसहित क्विक रेकी टोली परिचालित भएको र स्थानीय टोली पनि उद्धार सामग्रीसहित खटिएको जानकारी दिनुभयो । सेनाको टोलीले वस्तुगत अवस्था बुझ्दै उद्धार तथा राहतका काममा पनि सक्रिय हुने बताइएको छ ।
स्थानीयस्तरमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।









