Monday, October 12, 2026
16.1 C
Kathmandu
spot_img
Homeविपद्बुढीगण्डकी बाढी अपडेट : गोरखाको बाढी प्रभावित क्षेत्रमा सेनाको हवाई टोली परिचालित

बुढीगण्डकी बाढी अपडेट : गोरखाको बाढी प्रभावित क्षेत्रमा सेनाको हवाई टोली परिचालित

spot_img

काठमाडौँ, आइतबार, २५ असोज २०८३ । बूढीगण्डकी नदीमा आकस्मिक बाढीले पुर्‍याएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट समेत नेपाली सेनाको टोली परिचालित भएको छ । सेनाको हवाई र पैदल टोली प्रभावित क्षेत्रमा परिचालित भएको हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले काठमाडौंबाट हेलिकप्टरसहित क्विक रेकी टोली परिचालित भएको र स्थानीय टोली पनि उद्धार सामग्रीसहित खटिएको जानकारी दिनुभयो । सेनाको टोलीले वस्तुगत अवस्था बुझ्दै उद्धार तथा राहतका काममा पनि सक्रिय हुने बताइएको छ ।

स्थानीयस्तरमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img