Wednesday, October 14, 2026
16.1 C
Kathmandu
spot_img
Homeविपद्आरुघाटको सोति सडकमा बुढीगण्डकीले बगाएर ल्याएको लेदो हटाएपछि सवारी चल्न सुरु

आरुघाटको सोति सडकमा बुढीगण्डकीले बगाएर ल्याएको लेदो हटाएपछि सवारी चल्न सुरु

spot_img

गोरखा, मंगलबार, २७ असोज २०८३ । गत आइतबार बुढीगण्डकीमा आएको बाढीपछि अवरुद्ध बनेको लार्के सडकअन्तर्गत आरुघाट गाउँपालिका–३ को सोति खण्डमा मंगलबारबाट सवारी साधन चल्न सुरु भएको छ ।

छेपारे भिर र सोतिको सडकमा बुढीगण्डकीले थुपारेको लेदो हटाएपछि सवारी साधन चल्न थालेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताउनु भयो ।

छेपारे भिरबाट सोतिसम्म ३ ठाउँमा बुढीगण्डकीले लेदो थुपारेको थियो । ‘हिजो र आज ४ वटा मेसिन लगाएर सडक सफा गर्‍यौं, आजबाट सवारी साधन चल्न सुरु भएको छ,’ उनले भने । सोति खण्डको लेदो हटाएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म सवारी साधन पुगेका छन् ।

धार्चेको खोर्लाबेँसीबाट भने सवारी साधन कट्न सकेको छैन । तातोपानी र खोर्लाबेँसीबीचमा १०० सडक बुढीगण्डकीले कटान गर्दा चुमनुब्री गाउँपालिका सडक सम्पर्कबाट बिच्छेद बनेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img