Wednesday, October 14, 2026
16.1 C
Kathmandu
spot_img
Homeविपद्धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति

धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति

spot_img

गोरखाको धार्चे गाउँपालिकाबाट विपदबाट भएको क्षतिको विवरण

गोरखा, गोरखा, मंगलबार, २७ असोज २०८३ । आइतबार बिहान करिब ७ बजे बुढीगण्डकी नदीमा आएको बाढीपहिरोका कारण धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ ।

सो प्राकृतिक विपद्बबाट प्रभावित नागरिकहरूको घरजग्गा, होटल तथा अन्य भौतिक संरचनामा क्षति पुग्नुका साथै केही स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बुढीगण्डकी नदीमा आएको बाढीपहिरो विपद्बबाट भएको क्षतिको विवरण संकलन गरी धार्चे गाउँपालिकाले सम्बन्धित सबै मन्त्रालय तथा निकायमा तत्कालै पठाइसकेको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो ।

धार्चे गाउँपालिकाले बाढी प्रभावित नागरिकको साथमा रहेको र आवश्यकताअनुसार राहत तथा सहयोगका कार्यलाई निरन्तरता दिने पालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनु भयो ।

बुढीगण्डकी बाढीका कारण चुमनुब्री र धार्चेबाट सोती–आरुघाट आवतजावत गर्ने सडक सञ्जाल अ´वरुद्ध छ । यस्तो अवस्थामा माछीखोलाबाट रेसे खोला हुँदै गुम्दा, गोरखा सदरमुकामलगायत देशका विभिन्न ठाउँमा यात्रा गर्न चाहने यात्रुहरूले वैकल्पिक बाटोका रूपमा रेसे खोला सडक प्रयोग गर्न सक्नेछन् । यस सडकलाई सञ्चालनयोग्य बनाउन रेसे खोलामा सडक मर्मत तथा फराकिलो बनाउने काम वाटर इनर्जी डेभलपमेन्ट प्रा लि ले गरिसकेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img