Wednesday, March 11, 2026
24.1 C
Kathmandu
spot_img
Homeसमाजविश्व आदिवासी दिवस बृहत रुपमा मनाइने

विश्व आदिवासी दिवस बृहत रुपमा मनाइने

spot_img

काठमाडौं, सोमबार, १९ साउन २०८२ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ ।

नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरंं” भन्ने मूल नारा सहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको हो । सो अवसरका नेफिनले जातिय भेषभुषा र झाँकी सहित पाँच हजारको बृहत र्याली निकाल्ने भएको छ ।

आइतवार नेफिनले पत्रकार सम्मेलनको आयोजना गर्दै अगष्ट ९ अर्थात श्रावण २४ गतेदेखि श्रावण २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना हुने जानकारी दिएको हो । विश्वका आदिवासीहरुले विगत ३१ वर्ष देखि मनाउंदै आईरहेको अन्तराष्ट्रिय विश्व आदिवासी दिवश नेपालका आदिवासी जनजातिहरुले पनि विशेष उत्सवका रुपमा मनाउंदै आएका छन ।

आदिवासी जनजातिहरुको जातीय, भाषीक, साँस्कृतिक तथा धार्मीक पहिचानलाई स्थापीत गर्ने, आदिवासीहरुको मौलिक ज्ञान सिप र उनीहरुको थाकथलोको संरक्षण एवम् प्रवर्धन गरौुं आदिवासीको भूमि र प्राकृतिक श्रोत माथीको अधिकार सुनिश्चित गर्ने तथा राज्यका हरेक निकायमा समानुपातीक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्धाहरुलाई राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई मनाउने लागिएको नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।

३१औं विश्व आदिवासी दिवस नेपालमा आदिवासी जनजातिहरुको उत्सवको रुपमा आयोजना हुने भएकोले नेपालका आदिवासी जनजातिहरुका पहिचान झल्किने साँस्कृतिक झाँकीहरु, नृत्यहरु, खानाका परिकारहरुको प्रदर्शन समेत हुने नेफिनका महासचिव दिवस राईले बताए ।

नेफिनले उत्सवको रुपमा मूख्य कार्यक्रम श्रावण २४ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिनेछ । मूल समारोहलाई नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गरिनेछ ।

उत्सबमा आदिवासी जनजातिहरुका मातृभाषा र लोकभाकामा बनेका गीतहरु, साँस्कृतिक झाँकीहरु, स्थानिय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातिय भेषभुषा सहित राजधानीको मध्य भाग भृकुटीमण्डप देखि र्याली सुरु भएर विभिन्न स्थानहरु परिक्रमा गरी पुनः प्रदर्शनीमार्गको राष्ट्रिय सभागृह सम्म आदिवासी जनजातिहरुको खुला र भव्य प्रस्तुतिलाई सडकभरि गुञ्जयमान बनाईनेछ ।

नेफिनले साँस्कृतिक झाँकी सहितको र्याली ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सून्धारा, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क भएर प्रदर्शनीमार्ग राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत गर्ने तयारी गरेको छ ।

मूल समारोहमा संवैधानिक निकायका प्रमुखहरु, माननीय संसदहरु, पार्टी प्रतिनिधिहरु, महासंघका पूर्ब प्रमूखहरु, विभिन्न आदिवासी जनजाति विशिष्ट ब्यक्तीत्वहरु, जातीय संस्था र सम्बन्धन संगठनका अध्यक्षहरु लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति संघ संस्थाहरुबाट हजारौको उपस्थीति रहने नेफिने बताएको छ ।

बागमतीमा तामाङ र नेपाल भाषा (नेवारी) भाषा र गण्डकी प्रदेशको सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषालाई मान्यता दिइएको छ । जनजातिहरुको कला, संस्कृति, पहिचान, भेषभुषा, खानाका परिकारसहितको उत्सब भएकोले ५ हजार भन्दा बढिको उपस्थित रहने दावी गर्दै आयोजकले राष्ट्रिय सभागृह बाहिर समेत कार्यक्रम प्रत्यक्ष प्रशारण गरिने तयारी भएको बताएको छ ।

नेफिनले श्रावण १७ गते आदिवासी जनजाति अपांग महासंघको सम्मेलन, २० गते महिला महासंघको बहस कार्यक्रम, २२ गते आदिवासी जनजति उत्थान राष्ट्रिय प्रतिष्ठान, एफएओ र युनेस्कोको आदिवासीहरुको मातृभाषा र खाद्य सुरक्षा सम्बन्धी अभिमूखिकरण कार्यक्रम तथा उत्सव, २२ गते नै आदिवासी जनजाति आयोगले आदिवासी जनजाति र एआई वारे कार्यशाला, २३ गते गुरुङ राष्ट्रिय परिषद्को चियापान तथा शुभकामना आदानप्रदान, २४ गते नेफिनको मूल समारोह, २५ गते नेपाल मगर संघको अन्तरकृया, २५ गते नै युवा महासंघको पैदल यात्रा तथा अन्तरसम्वाद, २५ गते नै विद्यार्थी महासंघको आदिबासीको भविष्य र एआई विषयक अन्र्तक्रिया, २६ गते आदिवासी जनजातिहरुको सवलमा संवाद कार्यक्रम, २७ गते पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस तथा फोनिज अवार्ड र २८ गते सुनुवार सेवा समाजको कला साहित्य पुरस्कार वितरण कार्यक्रमलगायतका सूची तयार गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img