काठमाडौँ, बिहीबार, २२ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा सनम बेगम उम्मेदवार बनेकी छन् ।
पर्वतको एउटा रमणीय गाउँ थापाठानाबाट सुरु भएको निरन्तरको एउटा यात्रा आज आएर नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समाजका लागि केही गरौँ भन्ने सोच बोकेर अघि बढेकी सनम बेगम आज नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवार बनेकी हुन् ।
मुस्लिम महिला कोटाबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार सनम बेगम सानो ठाउँबाट ठूलो जिम्मेवारीतर्फ अघि बढ्दैछिन् ।
यहाँहरु को एक एक मत मेरो जिम्मेवारी र प्रतिबद्धता थप बलियो बनाउने छ । हजुरको एक मत मलाइ । उम्मेदवार बेगम भन्छिन, मागेर पाइने चिजमध्ये मत पनि हो, र मतदान भनेको दान हो । त्यसैले, यो दान आज मलाई चाहिएको छ, व्यक्तिगत स्वार्थका लागि होइन, तपाईंहरूको विश्वास, सम्मान र आवाजलाई अझ बलियो बनाउन । बेगम भन्छिन तपाईंले दिनुभएको एक–एक मत मेरो लागि केवल मत होइन, जिम्मेवारी हो, विश्वास हो र सेवाको अवसर हो ।
त्यसैले यसपटक तपाईंको अमूल्य मत र साथ मलाई प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।









