ललितपुर, शुक्रबार, ९ फागुन २०८१ । ललितपुर महानगरपालिका वडा नं १५ वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ ।
ललितपुर महानगरपालिका वडा नं १५ मा स्थायी रुपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई गत माघ १६ र १७ गते गोरखाको मनकामना मन्दिर र तनहुँको देवघाटमा धार्मिक तिर्थ भ्रमण गरी फर्किएका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखिएको वडा अध्यक्ष सुरेश बहादुर शाहीले बताउनु भयो ।
साथै, उहाँले फागुन १० गते शनिबारका दिन बिहान ११ बजे रास्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यक्रम राखिएको हुदा समयमा उपस्थित हुन आग्रह गर्नुभयो ।