ललितपुर, आइतबार, ११ फागुन २०८१ । ललितपुर महानगरपालिका वडा नं १५ वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिकाकी उप मेयर मन्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि उप मेयर मन्जली शाक्य बज्राचार्यले सम्मानित ज्येष्ठ नागरिक सधैभरि सम्मानित नै हुनुहुने भएकाले सम्मानित व्यक्तित्वलाई सधै सम्मान गर्नुपर्छ भन्ने संस्कार हामीले हाम्रो समाजमा दिनुपर्ने धारणा ब्यक्त गर्नु भयो । साथै, उहाँले जबसम्म ज्येष्ठ नागरिक हामी माझ रहनु हुन्छ तबसम्म हाम्रो संस्कार, संस्कृति, धर्मको रक्षा हुने बताउनु भयो । ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित र सम्मानित हुने अवस्थाको सुनिश्चित गर्दै उनीहरूको योग्यता, अनुभव, ज्ञान र सीपलाई सामाजिक विकासमा उपयोग गर्नु जरुरी रहेको बताउनु भयो ।

ललितपुर महानगरपालिका वडा नं १५ मा स्थायी रुपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई गत माघ १६ र १७ गते गोरखाको मनकामना मन्दिर र तनहुँको देवघाटमा धार्मिक तिर्थ भ्रमण गरी फर्किएका जेष्ठ नागरिकलाई आज शनिबारका दिन राष्ट्रिय प्रकृति संरक्षण कोष सातदोबाटो, ललितपुरमा सम्मानित गरिएको वडा अध्यक्ष सुरेश बहादुर शाहीले बताउनु भयो ।
समाजका सबै आदरणीय व्यक्तित्वसंग सहकार्य गर्दै सबैबाट साथ सहयोग रहेको स्मरण गर्दै वार्षिक रुपमा गर्दै आइरहेको ज्येष्ठ नागरिक सम्मान लाई निरन्तरता दिएको वडा अध्यक्ष सुरेश बहादुर शाहीले बताउनु भयो । साथै, उहाँले आज १ सय ५० जना ज्येष्ठ नागरिक लाई सम्मान गर्न पाउँदा हर्षित भएको र उहाँहरु आशिर्वादसहित सदैव समाजको लागि कार्य गने बताउनु भयो ।

उक्त सम्मानित कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १५ का वडा सदस्य वैकुण्ठ राउत, अनुप धिमिरे, निशा परियार, वसा सचिव सरन श्रेष्ठ लगायत अन्य अतिथि महानुभावको उपस्थिति रहेको थियो ।