ललितपुर, मंगलबार, २३ भाद्र २०८२ । सरकारी दमनविरुद्ध युवा सडकमा उत्रिएका छन् । ललितपुरको गोदावरीको विभिन्न स्थानमा स्थानीयले प्रदर्शन जारी राखेका छन । गोदावरीको टौखेल, बाडेगाउ, ठैव लगायत आसपासमा सरकारले गरेको दमनमा १९ जनाको ज्यान गएपछि त्यसको विरोधमा आन्दोलन तीव्र बनेको हो ।
ललितपुरको दक्षिणी भेग चापागाँउ ठेचो र सुनाकोठी बस्तीमा समेत प्रर्दशन भएको छ । बिहानदेखि नै चोक-चोकमा टायर बालेर सरकारबिरुद नाराबाजी गरेका छन ।
हिजोको प्रहरी दमनविरुद्ध बिहानैदेखि राजधानीका विभिन्न ठाउँमा प्रदर्शन जारी छ । नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ ।
उपत्यकामा चक्रपथभित्र कर्फ्यु आदेश जारी गरिएको छ । तर, प्रदर्शन रोकिएको छैन ।













