Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeसमाजआर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट

आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट

spot_img

काठमाडौँ, बिहीबार, २६ भाद्र २०८२ । जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् । सामाजिक सञ्जालमा जेनजीका अलग-अलग समूह देखिएका छन् ।

यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका युवाहरूबीच नै कुटाकुट भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ ।

विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेटाइखेदाइ भकुरिरहेका छन् । त्यहाँ रहेका हाम्रा सहकर्मीका अनुसार हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेका हुन् ।

कसैले सुशीला कार्की, कसैले कुलमान, कसैले बालेन त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् ।

जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ । आन्दोलन बिस्तारै तमासामा परिणत हुन थालेको भन्दै आलोचना र चिन्ता बढेको छ ।

कुनै संगठन, संरचना वा नेतृत्वको नाम नभएका यस्ता समूहको आधिकारितामाथि सेनाले प्रश्न उठाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img