Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeसमाजश्रमदानबाट सडक मर्मत

श्रमदानबाट सडक मर्मत

spot_img

म्याग्दी, शुक्रबार, २७ भाद्र २०८२ । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् । नागी–राम्चे सडकको थावनगाउँ नजिकै छहरेखण्डमा गत असारको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी यातायात सञ्चालन गरेका हुन् । राम्चेका बासिन्दा फसबहादुर गर्बुजाले बिहीबार करिब ७५ जनाले श्रमदान गरेर सडक मर्मत गरेका जानकारी दिनुभयो ।

“करिब दुई महिनादेखि नागी–राम्चे सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतका साथै आलुलगायत कृषि उपज बजार पठाउन समस्या भएको थियो”, उहाँले भन्नुभयो, “सरकारी निकायको आश गर्दा ढिलाइ हुने भएकाले राम्चेका सबै घरबाट एक–एक जनाले श्रमदान गरेर सडक खुलाएका हौँ”, बिहीबार दिनभर श्रमदान गरेका थिए ।

पहिरोसँगै भासिएको करिब सात मिटर दूरीको सडकमा जगदेखि नै पर्खाल निर्माण गरेर जिप, ट्याक्टर र मोटरसाइकल वारपार गर्न मिल्ने बनाएको गर्बुजाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–७ महभिरदेखि हिस्तान–काफलडाँडा हुँदै राम्चे जोड्ने सडक घुमाउँरो र जोखिमयुक्त भएकाले राम्चेवासीले सदरमुकाम बेनी आवतजावत गर्न नागी–लेकफाँट–मल्लाज–बेनी सडक प्रयोग गर्छन् ।

अन्नपूर्ण गाउँपालिका–८ को कार्यालय राम्चेमा छ । राम्चे आलुको पकेट क्षेत्र हो । सडक अवरुद्ध हुँदा नागीका बासिन्दालाई राम्चेमा रहेको वडा कार्यालय र स्वास्थ्यचौकीको सेवा लिन आवतजावत गर्न समस्या भएको थियो । सडक अवरुद्ध भएपछि समस्यामा परेका नागीमा रहेको हिमाञ्चल माविमा पढ्ने राम्चे, काफलडाँडाका विद्यार्थीलाई पनि सहज भएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img