Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeसमाजदेश संकटतर्फ धकेलिरहेको बताउँदै सबै पक्षलाई संयमता अपनाउन तमू ह्युल छोंज धीं...

देश संकटतर्फ धकेलिरहेको बताउँदै सबै पक्षलाई संयमता अपनाउन तमू ह्युल छोंज धीं को आग्रह

spot_img

काठमाडौँ, मंगलबार, ३१ भाद्र २०८२ । जेन–जी आन्दोलनका क्रममा गत भाद्र २३ र २४ गते देशभर घटेका बिभिन्न दुःखद घटनाप्रति तमू (गुरुङ) जातिको साझा तथा छाता संगठन दु:ख ब्यक्त गरेको छ ।

परिषद्का महासचिव अधिवक्ता राजु गुरुङले एक प्रेस बिज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थितिबाट जनता र आदिवासी जनजाति समुदायलाई गम्भीर आघात नपुगोस् भनेर सरकार, जेन–जी पुस्ता, राजनीतिक दल तथा बुद्धिजीवी वर्गप्रति ध्यानाकर्षण गराएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्तिसँगै परिवारको पालनपोषण तथा शिक्षा–स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गराउन पनि सरकारलाई परिषदले दबाब दिएको छ।

साथै, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले आजको विसंम राजनीतिक अस्थिरता, दलगत स्वार्थ र सत्ता लिप्साले देशलाई गहिरो संकटतर्फ धकेलिरहेको बताउँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, उद्योग प्रतिष्ठान तथा ऐतिहासिक धरोहरमाथि भएको तोडफोड र आगजनीप्रति गहिरो दुःख व्यक्त गर्दै देशभर रोजगारी र राजस्वको महत्त्वपूर्ण आधार बनिरहेको भाटभटेनी सुपर स्टोरमाथिको आगजनीप्रति पनि तमू ह्युलले चिन्ता व्यक्त गरेको छ । उक्त घटनामा संलग्न व्यक्ति तथा समूहलाई तत्काल नियन्त्रणमा लिई कडा कारबाही गर्न पनि तमू ह्युलले माग गरेको छ ।

देशभर रहेका शाखाहरुबाट हजारौँ युवाशक्तिलाई रोजगारी दिनुका साथै घरेलु उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउँदै आएको भाटभटेनीले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिँदै आएको छ । व्यावसायिक प्रयोजनमात्र नभई सेवामुलक हिसाबले सञ्चालनमा रहेको व्यावसायिक संस्थामाथिको आक्रमणले तमू ह्युल छोँज धीँलाई दुःखी तुल्याएको केन्द्रीय महासचिव राजु गुरुङले बताउनु भयो ।

धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व, संघीयता, लोकतन्त्र, पहिचान, भाषा, संस्कृतिको संरक्षण र स्वशासनको अधिकारलाई कुनै हालतमा कुल्चन नहुने स्पष्ट चेतावनी दिएको छ। साथै, नेपालको पहिलो शहीद लखन थापा मगरको सालिक तोडफोडप्रति घोर भर्त्सना गरेको छ ।

यसैबीच, देशको कठिन परिस्थितिमा राज्यका सुरक्षाकर्मीलाई सहयोग गर्ने उद्देश्यले परिषद्को केन्द्रीय कार्यालय, मित्रनगर काठमाडौंस्थित रेम स्मृति हल तीन सातासम्म बसोवासका लागि प्रहरी चौकीलाई निःशुल्क उपलब्ध गराइएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img