काठमाडौँ, सोमबार, २१ पौष २०८२ । वीरगञ्जमा धार्मिक सद्भाव भड्किन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेका छन् । मुस्लिम र हिन्दू समुदाय एक-अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि सभा, भेला तथा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । सीडीओ भोला दाहालद्वारा जारी आदेशमा बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेटलाई निषेधित क्षेत्र तोकिएको छ ।









